ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
माओवादीका उम्मेदवार निशान्त शर्मा ३ हजार १९८ मत सहित निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पारे । थापाले २ हजार ६९१ मत पाएका छन्।
शर्मा दोस्रो कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि शर्मा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी २ मतले निर्वाचित भएका थिए । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तोषबाबु थापा विजयी भएका छन् ।
नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई १ हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन्। थापाले ३ हजार ११६ र राईले २ हजार ५० मत प्राप्त गरेका छन्। चिशंखुगढी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।




प्रतिक्रिया