काठमाण्डु – काठमाण्डु महानगरपालिकाकी उपमेयरकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई ४ हजार ५६२ मतले पछि पारेकी छिन् ।
एमालेकी उम्मेदवार डंगोलले अहिलेसम्म ६ हजार ३४६ पात पाएकी छिन् । यस्तै नेकपा एसका उम्मेदवार श्रेष्ठले १ हजार ७८४ मत पाएका छन् । डंगोल र श्रेष्ठको मतान्तर निकै बढ्दै गएको छ । यस्तै हलोले १ हजार ३४५ मत पाएको छ भने झ्यालले ५९५ मत पाएको छ ।




प्रतिक्रिया