हुम्लाको नाम्खा गाउँपालिकामा माओवादी विजयी, जहाँ कांग्रेसले लगाएको थियो चीनले भूमि मिचेको आरोप

हुम्लाको नाम्खा गाउँपालिकामा माओवादी विजयी, जहाँ कांग्रेसले लगाएको थियो चीनले भूमि मिचेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट – हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर लामा विजयी भएका छन् । उनी १ हजार ४६६ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत पाएका छन् ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार तक्दिर लामा विजयी भएका छन् । उनी १०९४ मतसहित विजयी भएका हुन् । त्यस्तै, पुतली चिन्ह पाएका उपाध्यक्षका उम्मेदवार लाक्पा नुर्बु लामा ५६५ मतसहित दोस्रो भएका छन् ।

यस गाउँपालिकाका ६ वटा वडामध्ये ३ वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं ६ का उम्मेदवार भने निर्विरोध निर्वाचित भएका थिए । बाँकी २ वडामध्ये २ वटामा एमाले र एउटामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

हुम्लाको नाम्खा त्यहि गाउँपालिका हो, जहाँ केहि समयअघि नेपाली कांग्रेसले चीनलाई सीमा मिचेको आरोप लगाएको थियो । यस गाउँपालिकाको वडा ६ मा पर्ने लोलुङ्जोङ्ग इलाकामा चीनले नेपाली भूमि अतिक्रमण गरि भवन बनाएको कांग्रेसको दावी छ ।

कांग्रेसको आरोपपछि सरकारले कार्यदल बनाएर छानविन समेत गरेको थियो । तर, हालसम्म छानविन समितिले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन ।