काठमाण्डु – कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । काँग्रेसबाट मेयरका उम्मेदवार राजकुमार नकर्मीले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
नकर्मीले ९ हजार ४३ मत ल्याएभने बज्राचार्यले ५ हजार ५०७ मत मात्र पाए । उपमेयरमा काँग्रेसकी रुख चुनाव चिन्हमा लडेकी जनता समाजवादी पार्टीकी नेतृत्व शुभलक्ष्मी शाक्य विजयी भएकी छन् । उनले ८ हजार ८६५ मत पाएकी छन्।
उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बिन्दु महर्जनले ७ हजार २०६ मत पाएकी छन्। कीर्तिपुर काँग्रेसले १० मध्ये ९ वडामा अध्यक्ष जितेको छ । एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेको छ ।
अघिल्लो ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले कीर्तिपुर नगर प्रमुख र उपप्रमुखसहित अधिकांश वडा जितेको थियो । यसपटक भने एमालेले किर्तीपुरमा पुरानो विरासत जोगाउन सकेन ।




प्रतिक्रिया