लमजुङको बेंसीसहरको प्रमुख/उपप्रमुख दुबैमा एमाले विजयी

लमजुङको बेंसीसहरको प्रमुख/उपप्रमुख दुबैमा एमाले विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको बेंसीसहर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको प्रमुखमा गुमानसिंह अर्याल पुनः निर्वाचित भएका हुन् । उपप्रमुखमा शिक्षक पेशा त्यागेर उम्मेदवारी दिएकी पद्मा गुरुङ निर्वाचित भएकी छन् ।

दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनका मेयर उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई एमालेका अर्यालले २ हजार ८ मतान्तरले हराएका छन् ।