संसद बैठक बस्दै, जारी अवरोधबारे के गर्ला एमाले ?

संसद बैठक बस्दै, जारी अवरोधबारे के गर्ला एमाले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज अपराह्न ४ बजेबाट संघीय संसदको दुबै सदनको अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको सिफरिसमा संघीय संसदका दुबै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज ४ बजेका लागि आह्वान गरेकी हुन् ।

संसद सचिवालयले विभिन्न पाँच वटा सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । तर, संसदमा जारी अवरोधलाई प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तरता दिन्छ वा दिँदैन भन्ने विषय अहिलेसम्म टुंगो लागेको छैन ।

एमालेका सांसदहरु पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन कुरेर बसेका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ संसदको अवरोधका विषयमा पार्टीले निर्णय लिन बाँकी रहेको बताए । पार्टी छलफलमै रहेको भन्दै उनले संसदको अवरोधका विषयमा यसै गर्ने भन्ने निर्क्योल भैनसकेको बताए ।

एमालेले २३ भदौ २०७८ देखि संसदमा अवरोध गर्दै आएको छ । माधव नेपालसहित १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीको सूचना टाँस गर्नुपर्ने माग राखेर एमालेले निरन्तर संघीय संसदमा अवरोध गर्दै आएको छ । सांसदलाई कारबाही गरेको सूचना नटाँस्ने भए सभामुखले राजीनामा दिनुपर्ने एमालेको शर्त छ ।