काठमाण्डु – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
१९ हजार ४८३ मत गन्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले ६ हजार ५६६ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ३६९ मत पाएका छन् । सुवेदीभन्दा रेनु २०७ मतले अगाडि छिन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १९९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९७८ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार २२९ मत प्राप्त गरेकी छन् ।




प्रतिक्रिया