काठमाण्डु – नेकपा एमालेले आजबाट सुरु हुने संसद बैठकमा अवरोध जारी राख्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ ।
आफ्ना मागहरु सम्बोधन नभएसम्म संसदको दुबै सदनको बैठक अवरोध कायम राख्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए ।
‘हामीले उठाएका माग अहिलेसम्म सम्बोधन भएको छैन त्यसैले आजको बैठकमा पनि अवरोध जारी राख्छौं,’ उनले भने । त्यस्तै एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकपनि बहिस्कार गरेको छ ।
एमालेले भदौ २३ ०७८ देखि संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आइरहेको छ । संसद् अवरोधकै बीच सरकारले एमसीसी सम्झौता भने पारित गरेको छ ।
पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टासिनुपर्ने वा सभामुखबाट अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको अडान छ । यी माग पूरा नभएसम्म संसद्को अवरोध कायमै राख्ने एमालेको घोषणा छ ।




प्रतिक्रिया