काठमाण्डु – दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवारले अग्रता कायम राखेका छन् ।
प्रदेश निर्वाचन कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार प्रमुखमा एमालेका नरुलाल चौधरीले १७ हजार ८८४ मत ल्याएका छन् ।
उनलाई पछ्याउँदै गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार हेमराजशर्मा पोखरेलले १४ हजार ३४५ मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेका हुमाकुमारी डिसीले १७ हजार ३४७ मत प्राप्त गरेकी छन् । कांग्रेसका उमेदवार भूपबहादुर क्षेत्रीले १६ हजार १६१ मत ल्याएका छन् । मतगणना जारी छ ।




प्रतिक्रिया