सञ्चारमन्त्री र मुख्यमन्त्रीको नगरमा गठबन्धनलाई पछि पार्दै एमाले विजयी

सञ्चारमन्त्री र मुख्यमन्त्रीको नगरमा गठबन्धनलाई पछि पार्दै एमाले विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबल राईलाई पराजित गर्दै एमालेका उम्मेदवार सुरेन्द्र उदास मेयरमा निर्वाचित भएका हुन् । उदासले ६७७२ मत ल्याउँदा राईले ५७५७ मत पाएका थिए ।

उदास ७४ को चुनावमा वीरबलसँग २८२ मतान्तरले पराजित भएका थिए । उपमेयरमा भने माओवादीकी प्रमिला राई विजयी बनिन् । उनले ७२५७ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेकी मेरिका राईले ४३५८ मत ल्याइन् ।

मेरिका निवर्तमान उपमेयर हुन् । यो नगरपालिका सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एसका सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको गृहपालिका हो । गत चुनावमा यहाँ कांग्रेस एक्लैले जितेको थियो ।

वीरबल मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने एमालेकी मेरिकाले जितेकी थिइन् । सिट बाँडफाँटको क्रममा उपमेयर बटमलाइनमा राखेको नेकपा एसले आफूलाई उपेक्षा गरेको भन्दै भागबण्डाप्रति असन्तुष्टि जनाएको थियो ।