देउवाको गृह जिल्लामा एमाले ‘क्लिन स्वीप’, पहिलो दल बन्योे कांग्रेस

देउवाको गृह जिल्लामा एमाले ‘क्लिन स्वीप’, पहिलो दल बन्योे कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु – डडेल्धुरामा स्थानीय तहको निर्वाचन अन्तर्गत नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा रहेका सात वटा पालिका मध्ये पाँच पालिकामा कांग्रेसले जित निकाल्न सफल भएको हो । २०७४ सालको चुनावमा जिल्लाका सातमध्ये कांग्रेसले चारवटा पालिका जितेको थियो भने एमालेले दुई र माओवादीले एउटामा जित निकालेका थिए ।

नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डडेल्धुराको प्रदेश खबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्ल पक्षले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गरेको थियो । कर्ण मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालेमल गरेपछि डडेल्धुराको चुनावलाई चासोका साथ हेरिएको थियो । मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेसँगै डडेल्धुरामा कांग्रेस कमजोर बेनेको आँकलनसमेत गरिएको थियो । तर नेपाली कांग्रेसले भने स्थानीय तहको निर्वाचन अन्तर्गत डडेल्धुरामा आफ्नो शक्ति प्रर्दशन गरेको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो शक्ति प्रर्दशन गर्दै डडेल्धुरामा झनै बलियो भएको पुष्टि गरेको छ ।

डडेल्धुरामा दुई नगरपालिकासहित सातवटा स्थानीय तह छन् । नेपाली कांग्रेस दुई वटै नगरपालिकासहित तिन वटा पालिकाको नेतृत्वमा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा जित निकालेको छ । कर्ण मल्लसँग चुनावी तालमेल गरेको नेकपा एमालेले भने डडेल्धुरामा रहेका सात पालिका मध्ये एउटामा पनि जित निकाल्न सकेन । स्थानिय तहको निर्वाचन अघि भने डडेल्धुरामा नेकपा एमाले बलियो भएको विश्लेषण गरिएको थियो । तर नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेसबाट अलग्गिएको कर्ण मल्ल पक्षसँग चुनावी तालमेल गरेर पनि पालिकाको नेतृत्वमा जित निकाल्नबाट चुकेको छ ।

डडेल्धुराको कुन पालिकामा को विजयी?

डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा आलिताल र अजयमेरु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले जित निकालेको छ भने बाँकी पाँच पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गन्यापधुरा गाउँपालिका

अध्यक्ष- इन्द्र कार्की
उपाध्यक्ष-ज्ञानु सेठी

अमरगढी नगरपालिका

मेयर-डिल्लीराज जोशी
उपमेयर- पार्वती झुकाल

अजयमेरु गाउँपालिका
अध्यक्ष-उमेशप्रसाद भट्ट
उपाध्यक्ष- बसन्ति पाल

परशुराम नगरपालिका

मेयर- भतर बडायर जोशी
उपमेयर- बिमला महता

आलिताल गाउँपालिका

अध्यक्ष- शेरसिंह पार्की
उपाध्यक्ष- मैनाकुमारी रावल

भागेश्वर गाउँपालिका

अध्यक्ष- हेमराज चटौत
उपाध्यक्ष-पुष्पा ठकुराठी

नवदुर्गा गाउँपालिका

अध्यक्ष- लक्ष्मीप्रसाद अवस्थी
उपाध्यक्ष- निर्मला बिष्ट