ओलीको गृहनगरमा एमालेले फेरि उछिन्यो महागठबन्धनलाई

ओलीको गृहनगरमा एमालेले फेरि उछिन्यो महागठबन्धनलाई

फाइल तस्विर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापाको दमकको प्रमुखमा नेकपा एमालेले महागठबन्धनलाई फेरि पछि पारेको छ । नेकपा एमालेकी उम्मेदवार गीता अधिकारीले महागठबन्धनका उम्मेदवार रामकुमार थापालाई पछि पारेकी हुन् । अधिकारीले १० हजार ७ सय ९३ मत प्राप्त गरेकी छन् । त्यस्तै महागठबन्धनका थापाले १० हजार ६ सय ७० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अम्बिका खनालको अग्रता छ । उनले १० हजार ५ सय ४३ मत ल्याएकी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरसमेत रहेको दमकमा नेकपा एमाले महागठबन्धनलाई १२३ मतले पछि पारेको छ ।