काठमाण्डु – काठमाण्डु महानगरपालिकाको चारवटा वडामा मत गणना सकिएको छ । बुधबारसम्म काठमाण्डु महानगरको वडा नम्बर १, २, ३ र ५ वडाको मतगणना सकिएको हो ।
जसमा काठमाण्डु महानगरको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाएका छन् । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार शाहले १६ हजार ७ सय ७५ मत पाएका छन् ।
उनलाई नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय २६ मतसहित पछ्याइरहेका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७८३३ मत सहित तेस्रो स्थानमा छन् ।
कुन वडाबाट कति मत ल्याए ?





प्रतिक्रिया