पालुङटारको मेयर र उपमेयरमा माओवादी विजयी

पालुङटारको मेयर र उपमेयरमा माओवादी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले गोरखाको पालुङटार नगरपालिकाको मेयर र उपमेयर जितेको छ। मेयरमा माओवादी उम्मेदवार विवस चिन्तन निर्वाचित भए। उनले ६०७२ मत ल्याएका छन्।

यहाँ जनता समाजवादी पार्टीका मेयर उम्मेदवार प्रेमबहादुर गुरूङ पराजित भए। उनले ५७१७ मत ल्याएका छन्। नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपकबाबु कँडेलले जम्मा ४९९७ मत मात्रै ल्याएका छन्। उनी निवर्तमान मेयर हुन्।

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् । गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४२८१ मतका साथ तेस्रो भइन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर समेत रहेको पालुङटारमा अन्तिम अवस्थामा आएर जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो ।