गोदावरी नगरपालिकामा गठबन्धनकाे जित

गोदावरी नगरपालिकामा गठबन्धनकाे जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – गोदावरी नगरपालिकामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जन र कांग्रेसबाटै उपमेयरकी उम्मेदवार मुना अधिकारी विजयी भएकी छन् ।

नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार कांग्रेसका मेयरका उम्मेदवार महर्जनले १९ हजार एक सय ७० मत पाएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार गम्भीर महर्जनले १५ हजार दुई सय ३२ मत पाएका थिए ।कांग्रेसकी उपमेयरकी उम्मेदवार मुना अधिकारीले १८ हजार पाँच सय ३६ मतसहित विजयी भएकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी रमी प्रधानाङ्गले १४ हजार तीन सय पाँच मत पाएकी छिन् । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले मेयर उपमेयर पदसँगै १४ वडामध्ये ११ वडामा विजय हासिल गरेको छ ।