काठमाण्डु – काठमाण्डु महानगरपालिकाको वडा नम्बर २८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको भएको छ । कांग्रेसका उम्मेदवार भाइराम खड्कीसहित सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
अध्यक्षका उम्मेदवार खड्कीले १ हजार २८२ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विपेन्द्र खड्गीले १०७० मत ल्याए ।
महिला सदस्यमा कांग्रेसकी निनाकुमारी खड्गी १२६४, दलित महिला सदस्यमा कांग्रेसकी ललिता सार्की ११४३, दुई पुरुष वडा सदस्यमध्ये अरुण तन्डुकार १२७८ र वीरेन्द्र महर्जन ११९३ मतसहित विजयी भएका हुन् ।
योसँगै नेकपा एमालेबाट काठमाण्डु मेयर पदका प्रत्याशी केशव स्थापितको बसोबास रहेको यस वडामा एमाले ‘क्लिन स्विप’ भएको छ ।




प्रतिक्रिया