काठमाण्डु – सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । मतगणना सम्पन्न भएकामध्ये १ सय ७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।
निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार १७८ वटामा विजयी भएका हुन् । एमालेले हालसम्म १७७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो ।
निर्वाचनको परिणाम आउनेक्रम जारी रहेको छ । विभिन्न कारण स्थगित भएका तीन वटा केन्द्रमा निर्वाचन हुन बाँकी नै रहेको छ । मतगणना सम्पन्न भएका पालिकामध्ये नेपाली कांग्रेसले अग्रस्थानमा विजय प्राप्त गरेको छ ।
कांग्रेसले हालसम्म २८३ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । कांग्रेसको भन्दा १०६ कम पालिकामा एमालेका उम्मेदवार विजयी बनेका छन् । आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १९ स्थानमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।




प्रतिक्रिया