चार पालिकासहित ६४ वडामा राप्रपा विजयी

चार पालिकासहित ६४ वडामा राप्रपा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन–०७९ को मत परिणाम आउनेक्रम जारी छ । हालसम्म आएको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुधारिएको नतिजा आएको छ ।

एक साताअघि सम्पन्न स्थानीय निर्वाचनको जारी मतगणनामा राप्रपा ४ पालिकासहित ६४ वडाको नेतृत्वमा विजयी भएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार राप्रपाले अहिलेसम्म ४ पालिका प्रमुख, ४ उपप्रमुख, ६४ वडा अध्यक्ष र ३६७ जना वडा सदस्यमा जित हासिल गरेको छ ।

राप्रपाबाट दमक नगरको मेयरमा राम थापा, शंखरापुर नगरको मेयरमा रमेश नापित, कपिलवस्तुको शिवराज नगरको मेयरमा अजय थापा र हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन विजयी भएका छन् ।

यस्तै लक्ष्मी मैनाली, राधा कार्की, सम्झना चौधरी र शिवकान्ती हरिजन उपप्रमुख–उपाध्यक्षमा विजयी भएका छन् ।अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले २ पालिकामा नेतृत्व जितेको थियो । उपाध्यक्ष भने ५ स्थानमा जितेको थियो ।