चुनावी तालेमलमा गठबन्धन मूलभूत रूपमा सफल भयो : प्रचण्ड

चुनावी तालेमलमा गठबन्धन मूलभूत रूपमा सफल भयो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावी तालमेलमा गठबन्धन मूलभूत रूपमा सफल भएको बताएका छन् । शनिबार मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई खुमलटारमा बधाई दिँदै उनले स्थानीय तहको चुनावी तालेमलमा पाँच दलीय गठबन्धन सफल भएको बताएका हुन् ।

उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको बताए । ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरू गर्न खोजेको हो, मूलभूत रूपमा गठबन्धन सफल भएको हो।’ उनले भने । त्यसैगरी उनले प्रदेश र संघको चुनावमा गठबन्धन रहिरहने दावी गरे ।

‘निर्वाचन अघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकामा तपाईंहरू सबैलाई बधाई र कार्यकालको शुभकामना छ।’ उनले भने । उनले विजयी जनप्रतिनिधिलाई अब राम्रो काम गर्ने चुनौती रहेकातर्फ सचेत पनि गराएका छन् ।