शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका रणबहादुर महरा विजयी

शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका रणबहादुर महरा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर – शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका नेता रणबहादुर महरा विजयी भएका छन् । नेपाली कांग्रेसका चिन्तामणी भट्टलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित भएका हुन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी कल्पना पन्त विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न बाँकी छ । २०४६ सालदेखि राजनीतिमा लागेका महरा अहिले एमालेको सुदुरपश्चिम प्रदेश कमिटीको सदस्य छन् । उनि यसअघि एमालेको जिल्ला उपसचिव थिए ।

महरा तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा घोटालाको छानविनमा समेत सक्रिय भएका थिए । अहिले धेरैले भन्ने गरेको ‘महरा प्रतिवेदन’ उनैले तयार गरेका हुन् । त्यही प्रतिवेदनमा टेकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले घोटाला काण्डको छानविन अगाडि बढाएको छ ।

महराको विजयसंगै कंचनपुरका ९ वटा स्थानिय तहमा एमालेले दुई नगरपालिका र एक गाउंपालिकामा जित हासिल गरेको छ । बांकी ५ मा कांग्रेस र एकमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।