पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने अखिल क्रान्तिकारीको चेतावनी

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने अखिल क्रान्तिकारीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको छ । अखिल क्रान्तिकारीले सो मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्नुको साटो मुल्य समायोजनको नाउमा मुल्यवृद्धि मात्र गर्नु अस्विकार्य रहेको बताएकी छन् ।

‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यबृद्धिले नेपाली जनजिवनमा सृजना गरेको कठिन परिस्थिति प्रति हामी गम्भिर भएका छौं । दैनिक जनजिवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा मुलुक चुनावमा होमिएको समयमा पारेर गरिएको मुल्यबृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको जनबिरोध रवैयाले सिमा नाघेको समेत क्रान्तिकारीको ठहर छ ।