निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले बाराको निजगढमो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन अदालतले आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अहिले सम्म गरेका प्रक्रिया बन्द गर्न सरकारको नाममा परमादेश जारी गरेको हो ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियाका लागि सरकारले तोकेको चारकिल्ला, गरेका सबै निर्णयहरु खारेज गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न पनि परमादेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताएका छन् ।

तराईको चारकोसे झाडीले भरिएको बाराको निजगढमा करिब २४ लाख सालका साना-ठूला रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो । वातावरण संरक्षणका लागि क्रियासील व्यक्ति तथा संस्थाहरूले निजगढमा विमानस्थल बनाउँदा त्यसले वातावरण र वन्यजन्तुलाई अपूरणीय क्षति र्पुयाउने भन्दै यो योजनाको विरोध हुँदै आएको थियो ।