बालेन साहको धन्यवाद र्‍याली (फोटोफिचर)

बालेन साहको धन्यवाद र्‍याली (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहलाई बधाई दिनेको ओइरो लागेको छ । उनका समर्थकहरुले बधाई र्‍याली आयोजना गरेका छन् । शुक्रबार बिहान राष्ट्रिय सभागृहमा निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गरेपछि र्‍याली सुरु भएको हो।

लौरो निर्वाचन चिन्ह पाएका बालेन्द्रले ६१ हजार ७ सय ६७ मत ल्याएर मेयरमा निर्वाचित बनेका हुन्। स्वतन्त्र उम्मेदवार उनले कांग्रेसकी सिर्जना श्रेष्ठ र एमालेका केशव स्थापितलाई धेरै मत अन्तरले पराजित गरे। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले ३८ हजार ३ सय ४१ र एमालेका केशवले ३८ हजार १ सय १७ मत ल्याए।

मतदान गर्ने सबैलाई धन्यवाद दिन उनको टिमले मेयर साहलाई काठमाडौंका मुख्य मुख्य सडकहरुमा परिक्रमा गराएकाे छ ।