सम्पर्कविहीन भएको जहाज लेतेमाथि दुर्घटना भएको आशंका

सम्पर्कविहीन भएको जहाज लेतेमाथि दुर्घटना भएको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए ।