मुस्ताङका सिडिओ भन्छन् – टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौँ

मुस्ताङका सिडिओ भन्छन् – टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङस्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ । लेतेनजिकै टिटी डाँडामा ठुलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौँ,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ । स्थानीयले ठुलो आवाज त्यहाँ आएको भनेका छन् ।’

जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।