सेनाका कमाण्ड सेनापति जोमसोममा,सोमबार बिहान ५ देखि नै खोजी कार्य सुरु गरिने

सेनाका कमाण्ड सेनापति जोमसोममा,सोमबार बिहान ५ देखि नै खोजी कार्य सुरु गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – तारा एयरको जहाजको खोजी कार्य सोमबार बिहानैबाट सुरु हुने भएको छ । आइतबार बिहान १० बजेदेखि हराइरहेको तारा एयरको जहाज दिनभरी खोज्दा पनि कतै फेला पर्न सकेका थिएनन् ।

जहाज भेटिएकोबारे विभिन्न समाचार प्रकाशित भएपनि आइतबार सांझसम्म तारा एयरको जहाज भेटिएको आधिकारीक पुष्टि कतैबाट भएको छैन । तर, तारा एयरको जहाज जोमसोम विमानस्थलभन्दा ६ किलोमिटर पर दुर्घटनामा परेको आशंका गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले ताराको जहाजको स्याटेलाइट इमेज प्राप्त गरेको स्रोतको दावी छ । जसमा उक्त जहाज ६ किलोमिटर पर ठोक्किएको देखाएको छ । सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले विज्ञप्ति जारी गर्दै आइतबार सांझ खोजी कार्य स्थगित भएको बताएका छन् ।

जहाज खोज्न सेना,प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । त्यसका साथै सेनाको एम आई १७ र फिस्टेल एयरको हेलिकोप्टर समेत जोमसोममा तयारी अवस्थामा राखिएको छ । पोखराबाट एयर डाइनेस्टीको र कैलास एयरका दुई हेलिकोप्टर सोमबार बिहान परिचान गर्ने तयारी छ । नेपाली सेनाका मध्यकमाण्डका कमाण्ड सेनापति आफै सेनाको हेलिकोप्टरमा मुस्ताङ पुगेका छन् । उनि उद्दारका लागि दिनभर मुस्ताङमै खटिएका छन् ।

सेनाका उपरथी श्रेष्ठले आइतबार रातिसम्म खोजी कार्य जारी भएपनि हेलिकोप्टर फेला पर्न नसकेको र सोमबार बिहान ५ बजेबाटै खोजी थाल्ने जानकारी दिए ।

उनले भने ‘आइतबार खराव मौसमका कारण हेलिकोप्टर उड्न सकेन । तर,सोमबार बिहानैबाट हेलिकोप्टर र स्थलमार्गबाट खोजी कार्य सुरु गर्छौ ।’

श्रेष्ठकाअनुसार स्थलगमार्गबाट खोजी गर्न गएको सेनाको टोली नारीकोटमा बसेको छ । उक्त टोली पनि बिहानै परिचालित हुने र थप फौंज समेत पठाउने तयारी सेनाले गरेको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा १३ नेपाली, ४ भारतिय र २ जर्मन नागरिक थिए । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।