सेनाका तीन सहायकरथीलाई उपरथीमा बढुवा गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

सेनाका तीन सहायकरथीलाई उपरथीमा बढुवा गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

army-general

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेनाका तीन जना सहायकरथीहरुको उपरथीमा बढुवा भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सेनाका सहायरकथीहरु दीपक बानिंया, यामप्रसाद ढकाल र होमनाथ दवाडीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनिहरुको उपरथीमा बढुवा हुनुको साथै पदस्थापन भएको छ । जसअनुसार बांनियाको नगरकोटस्थित नेपाली सैनिक वार कलेज, ढकाल युद्ध मद्धति तथा युद्ध सेवा मद्धति विभागको प्रमुखमा र दवाडीले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका छन् ।

बैठकले सेनाको पश्चिम कमाण्डका कमाण्ड सेनापति प्रेम शाहीको सरुवा गरेको छ । उनको ठाउंमा हिरालाल जोशीले कमाण्ड सेनापतिको जिम्मेवारी पाएका छन् । शाहीको सेनाको अनुसन्धान तथा विस्तार महानिर्देशनालयमा सरुवा भएको स्रोत बताउंछ ।