प्रहरीमा एआईजी पदस्थापन : धानुक मेट्रोमा, सुवेदी बने सिआइबी प्रमुख

प्रहरीमा एआईजी पदस्थापन : धानुक मेट्रोमा, सुवेदी बने सिआइबी प्रमुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका पांच एआईजीको बढुवासंगै पदस्थापन भएको छ । मन्त्रिपरिषदको बैठकले गरेको पदस्थापनमा एआईजी रविन्द्र धानकुलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी, विश्व पोखरेललाई प्रदेश समन्वय विभाग, उत्तमराज सुवेदीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा सरुवा भएको छ ।

अरुण कुमार विसीको प्रशासन विभाग, मुकुन्द आचार्यको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, पूजा सिंह मानव स्रोत विकास विभाग र दिवेश लोहनीको अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ । सिनियर एआइजी सहकुल थापालाई कार्य विभागमै राखिएको छ ।