काठमाण्डु – कुमारी बैंक लिमिटेड र अन्नपूर्ण केबलकारबीच अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने मझदारी भएको छ ।
पोखरास्थित अन्नपूर्ण केबलकारबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हाे ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा एइक् बाट भुक्तानी गर्दा १०५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। सो सम्झौता पत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलज्यूले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलज्यूले हस्ताक्षर गरे ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।




प्रतिक्रिया