काठमाण्डु – स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात भएको छ । बिहीबार जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मन्त्री बनेका श्रेष्ठमाथि उनको कार्यकक्ष सिंह दरबारमै हातपात भएको हो ।
श्रेष्ठमाथि सो पार्टीकै सांसद रामबाबू यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै हातपात गरेका थिए । यादवले हातपात गर्न खोजेपछि मन्त्री श्रेष्ठलाई उनका पीएसओले बचाएका हुन् ।
एउटै पार्टीका मन्त्री र सांसदबीचको अवस्था गम्भीर भएपछि मन्त्रीको सचिवालयले सिंहदरबार प्रहरी प्रभागमा खबर गरेको थियो। लगत्तै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी मन्त्रीको कार्यकक्षमा पुगेपछि सांसदले यो हाम्रो आन्तरिक मामला हो प्रहरी पर्दैन भनेर बाहिर पठाउन लगाएका थिए।




प्रतिक्रिया