बिजुली तारमा हिँडेका माइला विकलाई काठमाडौंमा संस्थाको जिम्मा लगाइयो

बिजुली तारमा हिँडेका माइला विकलाई काठमाडौंमा संस्थाको जिम्मा लगाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ककनीको त्रिशूली ‘थ्रि ए’ को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौंमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौं भने पछि जिम्मा लगाइएको हो ।

ककनी गाउँपालिका-७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी हिँडेका थिए । उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको हो ।