भक्तपुर साहुको हत्या गरेको आशंकामा चारजना पक्राउ

भक्तपुर साहुको हत्या गरेको आशंकामा चारजना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा एक जनाको हत्या भएको छ । स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको हो ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव फेला परेको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले साहुको हत्या आकंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएका छन् । प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ ।