काठमाण्डु – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणको बिषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असार ५ गतेको बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले नै परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको बताइन् ।
निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता पक्षकै नेकपा एकीकृत समाजवादी पार्टीले चासो राख्दै आएको छ ।




प्रतिक्रिया