आइजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

आइजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दैमा’ राखेको छ । सोमबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको उक्त मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

अब यसको सुनुवाईको अर्को पेसी ५ असारमा ताेकिएकाे छ । आज निवेदकका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले मात्रै बहस गरेका थिए । त्यसअघि डीआईजीको रिटमा पक्ष विपक्षको बहस सकिएको छ । रिट निवेदक पोखरेलको तर्फबाट बहस सकिएपछि विपक्षी महान्यायाधिवक्ता कार्यालय र निजी कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

सरकारले पहिलो वरियतामा रहेका एआईजी पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरियता क्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो । यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन ।

एआइजी पोखरेलले आफू वरिष्ठ एआइजी हुँदाहुँदै सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेका छन् ।