अन्ततः सशस्त्रमा एसएसपीमा बढुवा सिफारिस, शाहको नाम पहिलो नम्बरमा

अन्ततः सशस्त्रमा एसएसपीमा बढुवा सिफारिस, शाहको नाम पहिलो नम्बरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -सशस्त्र प्रहरी बढुवा रोकिएको लामो समयपछी ९ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । काठमाण्डुपाटीले सशस्त्रमा प्रधानमन्त्री कार्यालयको दबावमा सरुवा रोकिएको समाचार पहिलो पटक प्रकाशित गरेको थियो ।

बढुवा समितिका सदस्य सचिव एआइजी नारायणदत्त पौडेलले सोमबार जारी गरेको सूचनामा दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, बिनोदराज श्रेष्ठ र प्रकाश थापालाई बढुवा गर्न सिफारिस गरिएको उल्लेख छ । बढुवा भएका ९ जना नै सशस्त्रको सिसम १ का अधिकारीहरु हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्रमा बढुवा सरुवामा आफुले कसैलाई पूर्वाग्रह नराख्ने र वरियतामा समेत नमिच्ने बताएका थिए । प्रधानमन्त्री कार्यालयबाट सिसमा २ का कामु एसएसपी कुवंरलाई समेत एकै दिन बढुवा गर्न दबाव भएपनि अर्यालले ब्याच नै मिचेर बढुवा गर्न नसकिने अडान राखेको स्रोत बताउंछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका ज्वांई एसपी दिपेन्द्र कुंवरलाई बढुवामा अघि ल्याउन बढुवा रोकिएको समाचारपछी संसदमा पूर्व गृहमन्त्री खगराज अधिकारीले सरकार र गृहप्रशासनको आलोचना समेत गरेका थिए ।