बालुवाटार हावी हुँदा डिआईजी बढुवामा सकस, १७ पदका लागि काे-काे छन् प्रतिस्पर्धामा ?

बालुवाटार हावी हुँदा डिआईजी बढुवामा सकस, १७ पदका लागि काे-काे छन् प्रतिस्पर्धामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको रिक्त डिआइजी पदमा बढुवा गर्न गृह मन्त्रालयलाई सकस परेको छ । १७ डीआइजीका लागि पद रिक्त भएको महिना दिन वितिसक्दा पनि सरकारले अझै बढुवाको तयारी थालेको छैन ।

बढुवामा प्रहरीका उच्च अधिकारीहरुको चर्को दौडधुप र उच्च राजनीतिक नेतृत्वको हस्तक्षेपका कारण बढुवा रोकिएको हो । प्रहरी प्रशासनको सरुवा बढुवामा विशेषगरी गृहमन्त्रालय भन्दा बढी बालुवाटार हावी बन्दै आएको छ ।

प्रधानमन्त्री पत्नी आरजु राणा देउवा भारत भ्रमणमा गएकाले पनि प्रहरी बढुवा प्रभावित भएको स्रोत बताउँछ । सुरक्षा निकायको बढुवामा आरजु हाबी हुने गर्दछिन् । डीआइजी बढुवा लम्बिदा एकातर्फ सयौं प्रहरीको ‘करिअर’मा असर परेको छ भने विचौलियाहरुले चलखेल गर्ने अवसर पाएका छन् ।

नेपाल प्रहरीमा यतिबेला जनपद प्रशासनतर्फ आठ एआइजी कार्यरत छन् । यता डिआईजीको कुल संख्या २० रहेकोमा हाल तीन मात्र रहेको छ । अहिले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुबीच दौडधुप चलेको छ ।

१७ डिआईजी पदको लागि हाल दुई टोलीका एसएसपीहरु प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा प्रहरी सेवा प्रवेश गर्नेहरु र २०५२ भदौमा भर्ना भएका प्रहरी अधिकृतहरु प्रतिस्पर्धामा छन् । तर बढुवामा भने सकस देखिएको छ ।

२०५४ मा भर्ना भएका एसएसपी अशोक सिंहलाई एक नम्बरमा बढुवा गर्न बालुवाटारको दबाब छ । तर, गृहमन्त्री बालकृष्ण खाँण २०५१ को टोलीलाई बरियताक्रमअनुसार बढुवा गर्न चाहन्छन् । तर, गृहमन्त्रीले त्यसो गरे प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गर्ने बुझिएको छ ।

को–को छन प्रतिस्पर्धामा ?

०७५ फागुन ६ मा १३ जना अधिकृतहरु एसएसपी भएका थिए । ०५१ मा भर्ना भएको टोलीबाट डिआईजीको लागि एसएसपीहरु दिपक थापा, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, सन्दीप भण्डारी, भीम ढकाल, उमेशराज जोशी, रामदत्त जोशी, मिरा चौधरी, किरण बज्राचार्य, श्याम ज्ञवाली प्रतिस्पर्धामा अगाडि छन् ।

यी मध्ये कार्यक्षमता र पहुँचका आधारमा थापा पहिलो नम्बरमा देखिएका छन् । बरियतामा ५ नम्बर भएपनि उनी बढुवाको दाबेदारमा एक नम्बरमै देखिन्छन् । महानगरीय अपराध महाशाखाको सफल कमाण्ड सम्हालिसकेका एसएसपी थापाले उपत्यकामा भएका ठूला अपराध अनुसन्धानमा सफलता हासिल गरेका छन् ।