काठमाण्डु – गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गर्दै बलम्बुस्थित एपिएफ अस्पतालमा कार्यरत साह वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेको भन्दै उनलाई कारबाही गर्ने बताएको हो ।
साह सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ का हुन् । पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको देखिएको भन्दै उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गृहले तयारी गरेको छ ।
कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र सफाइ पेश गर्न पनि गृहले साहलाई सूचनामार्फत भनेको छ ।




प्रतिक्रिया