काठमाण्डु – चर्चित टेलिभिजन कार्यक्रम सीधा कुराका सञ्चालक प्रस्तोता रवि लामिछानेले पत्रकारिताबाट विदा लिएका छन् । उनले पूर्णकालीन राजनीतिमा लाग्ने भन्दै बिहीबार ग्यालेक्सी फोर के टेलिभिजनबाट बिदा लिएका हुन् ।
उनले भिडियो सन्देश जारी गर्दै आफुले टेलिभिजनबाट औपचारिक रुपमै बिदा लिएको जानकारी दिएका छन् । उनले आफु अब पूर्णकालीन राजनीतिमा लाग्ने उद्घोष गरेका छन् ।
‘म रहरले संचारकर्मी भएको हु, तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो । आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु । बाँकि आगामी ७ गते राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गर्दैछौँ, सबै कुरा त्यहीँबाट घोषणा गर्नेछौ,’ लामिछानेले भनेका छन् ।




प्रतिक्रिया