काठमाण्डु – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छलफलका लागि बोलाएको छ ।
बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएलगत्तै संसदीय समितिले उनीहरुलाई शुक्रबार विहान ९ बजे छलफलका लागि बोलाएको हो ।
समितिले प्रधानसेनापति शर्मा र परराष्ट्रपति खड्कासँगै परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव किरणराज शर्मालाई समेत बोलाएको छ ।
प्रधानमन्त्रीको अमेरिकी भ्रमण र नेपालको परराष्ट्र नीति कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बोलाएको संसदीय समितिले जनाएको छ ।




प्रतिक्रिया