अमेरिकालाई पत्र लेखिएको सत्य हो, तर सैन्य गठबन्धनका लागि होइन्: प्रधानसेनापति शर्मा

अमेरिकालाई पत्र लेखिएको सत्य हो, तर सैन्य गठबन्धनका लागि होइन्: प्रधानसेनापति शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापती प्रभुराम शर्माले भुकम्पको अप्ठयारो स्थीति सामान गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको बताएका छन ।एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् ।

अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्विकार गर्दै प्रधानसेनापति शर्माले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा बोल्दै प्रधानसेनापति शर्माले सार्वजनिक भएको १० बुदेँ फरम्याट आधिकारिक नभएको पनि जनाएका छन् ।

‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको बिरोध गर्न चाहन्छु,’ प्रधानसेनापति शर्माले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भुकम्प गए पछिको अवस्था थियो, भुकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायाता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।’

०७२ सालको भुकम्पको मानवीय क्षति पछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापति शर्माले बैठकमा जानकारी दिए । ‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा चिठी पठाएको हो तर भुकम्पमा मानवीय सहयाताबाहेक अरु उदेश्य थिएन, हैन’ समिति बैठकमा भने ।

तर, हालै सार्वजनिक भएको १० बुदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाई छ । ‘अहिले १० बुदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’ शर्माले समिति बैठकमा भने ।