संसदीय समितिमा प्रदीप ज्ञवालीले उठाए एसपीपीदेखि बिआरआईसम्मका प्रश्न

संसदीय समितिमा प्रदीप ज्ञवालीले उठाए एसपीपीदेखि बिआरआईसम्मका प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसिप प्रागाम (एसपीपी) को बारेमा अझै प्रष्ट पार्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता ज्ञवालीले ०७२ भदौ २४ र ०७२ असोज १३ को सेना र रक्षा मन्त्रालयबीच भएको सहमतिको बारेमा थप प्रष्ट पार्न आग्रह गरेका हुन् । उनले एसपीपीका सम्बन्धमा अमेरिकालाई पत्र लेख्न स्वीकृति दिने आधिकारिक व्यक्ति को हो भनेर प्रश्न गरेका छन् ।

उनले बैठकमा एसपीपीदेखि बिआरआईसम्मका चारवटा प्रश्नहरु राखेका छन् । उनले बीआरआईको बारेमा यो सरकारको धारणा के हो ? भन्दै प्रश्न गरेका छन् ।

बैठकमा ज्ञवालीले उठाएका चार प्रश्न :

१) बीआरआईको बारेमा यो सरकारको धारणा के हो ? यसलाई असिघ बढाउन खोजेको कि यतिकै स्थगित गर्न खोजेको हो कि ?

२) प्रधानसेनापतिज्यूले एउटा चिठी कोट गर्नुभयो र त्यहाँ एन अथोराइजेसन बाइ दल गभरमेन्ट अफ नेपाल भन्नुभयो। त्यो अथोराइजेशन होइन? बाइ होम? र बाइ ह्वीच प्रोसेस? ०७२ भदौ २४, ०७२ असोज १३ को सेना र रक्षा मन्त्रालयबीच भएको विषयको सबै कुरा खुल्छ होला ।

३) सन्तुलित सम्बन्धको कुरा गर्नुभयो, हामीले दुवै छिमेकीसँगको अवलोकनका लागि दुवैतिरका डिभिजन प्रमुखको संयोजगत्वमा समिति बनाएका छौं। गतवर्ष सीमासम्बन्धी विवाद भनेर आएपछि स्थापित संयन्त्रलाई बाइपास गरेर छुट्टै संयन्त्र बनाउनुभयो। मन्त्रालयको संरचनालाई विश्वास नगर्नपर्ने कारण के पर्यो होला?

४) सरकारले नेपालको सफ्ट पावरको निम्ति राम्रो फोरम बन्न सकोस् भनेर सगरमाथा संवाद स्थापना गरेका छौं। प्रधानमन्त्रीज्यूले आयोजना गरिनेछ भनेर भन्नुभएको छ। यसबारे थप प्रष्ट पारिदिनुहोला ।