काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टर भैरहवामा अवतरण गरिएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी जान लागेका प्रधानमन्त्री देउवा सवार हेलिकप्टर शुक्रवार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।
हेलिकोप्टरमा इन्धन भर्नका लागि हेलिकोप्टर अवतरण गरेको रूपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले जानकारी दिए । देउवासँगै हेलिकप्टरमा शिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए । उनीहरु १५–२० मिनेट बसेर गएको रेग्मीले बताए ।




प्रतिक्रिया