विनोदप्रकाश सिंह सचिवमा बढुवा

विनोदप्रकाश सिंह सचिवमा बढुवा


काठमाण्डु – सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले बढुवा समितिको सिफारिसका आधारमा सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव थिए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा ३१ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहको नाम सचिव बढुवामा सिफारिस गरेको थियो ।