काठमाण्डु- पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफूलाई झापा, चितवन र डडेल्धुराबाट चुनाव लड्न मन भएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले सो कुरा बताएका हुन् । तर, उनले आफू संयमित भएर अघि बढ्ने बताए ।
उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए । ‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उनले भने, ‘आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु ।’
उनले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गरे । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताए ।




प्रतिक्रिया