काठमाडौं– नेपाल र बंगलादेशबीच विद्युत विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेसन’ मा समझदारी (एमओयू) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार भएको छलफल कार्यक्रमपछि एमओयूमा हस्ताक्षर भएको हो ।
एमओयूमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र उनका बंगलादेशी समकक्षी तथा विद्युत, ऊर्जा तथा खनिज मन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका छन् । एमओयूमा दुवै देशबीचको मित्रतालाई द्विपक्षीय आर्थिक तथा व्यापारिक विकासमार्फत क्षमता अभिवृद्धि गर्ने, विद्युत उत्पादन, ग्रिड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युत विकासमा सहकार्य हुने उल्लेख छ ।
नेपालको जलविद्युत विकासमा सरकार तथा निजी क्षेत्रमाफर्त लगानी गर्न इच्छुक रहेको पनि मन्त्री हमिदले बताए । हमिद मन्त्री पुनको निमन्त्रणामा बिहीबार नेपाल आएका थिए । दुवै मन्त्रीबीच शुक्रबार मन्त्रालयमा द्विपक्षीय छलफलसमेत भएको छ ।
एमअाेयू सम्बन्धी मन्त्रालयले जारी गरेकाे प्रेस विज्ञप्ति





प्रतिक्रिया