काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई धाक-धम्की नदिन चेतावनी दिएको छ ।
मंगलबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणले वायुसेवा कम्पनीले हवाई उडान रोक्ने धम्की दिएको बताउँदै कुनै पनि धाक-धम्की नचल्ने चेतावनी दिएको हो । हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।
‘हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन । धाक-धम्की चल्दैन,’ उनले भने । वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने चेतावनी दिएको थियो ।




प्रतिक्रिया