अचाक्ली महँगीले जनताको ढाड भाँचिँदैछ : बाबुराम भट्टराई

अचाक्ली महँगीले जनताको ढाड भाँचिँदैछ : बाबुराम भट्टराई


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले इन्धनमा गरिएको मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको बताएका छन् । बुधबार बिहान ट्विट गर्दै उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताएका हुन् ।

त्यस्तै उनले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने र अचाक्ली महँगीले जनता मर्कामा पर्ने उल्लेख गरेका छन् । राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अंकगणितमा लिप्त रहेको उनको भनाइ छ ।