आदिवासी जनजाति युवा महासंघको बेलायत शाखा विस्तार

आदिवासी जनजाति युवा महासंघको बेलायत शाखा विस्तार


काठमाण्डु – आदिवासी जनजाती युवा महासंघ, नेपालले आफ्नो विदेश संगठन बिस्तार गर्ने क्रममा बेलायत शाखा गठन गरेको छ । जेठ २० गते बेलायतको लण्डनस्थित गोल्डेनसिपको सभाहलमा आयोजित भेलाले अमित थेबेको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

उक्त शाखाको सहसंयोजकमा रुद्र थापा, सदस्य सचिव एसके गुरुङ, सदस्यहरुमा हिमानसिंह दुरा र आशिक सुनुवार रहेका छन् । पहिचानको मुद्दा कुनै जाती, समुदाय, व्यक्ति वा क्षेत्र विशेषको नभएर यो विश्वव्यापी मुद्दा भएको आदिवासी जनजाति युवा महासंघका अध्यक्ष हेमन्त राईले बताए । हरेक व्यक्ति आफ्नो हक, अधिकार र पहिचान प्राप्तिको लागी आफु रहेको ठाउँबाट नै आन्दोलित हुनुपर्ने उनको भनाई छ ।

नेपाल आदिवासी जनजाति महासंघ नेपालका महासचिव दिवस राईको प्रमुख र बैज्ञानिक महावीर पुन, हलिउड/वलिउड चलचित्र अभिनेता राजकुमार राईको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ, महिला महासंघ र पत्रकार महासंघ बेलायतको व्यवस्थापन रहेको थियो कार्यक्रममा महासंघको पूर्व पदाधिकारी जातीय संस्थाको प्रतिनिधि लगायत बेलायतमा बसोबास गर्ने नेपालीहरुको उपस्थिती रहेको थियो ।