मूल्यवृद्धिकाे विराेधमा धनगढीमा अनेरास्ववियुकाे विराेध प्रर्दशन

मूल्यवृद्धिकाे विराेधमा धनगढीमा अनेरास्ववियुकाे विराेध प्रर्दशन


कैलाली – नेकपा (एमाले)का कार्यकर्ताले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा विराेध प्रर्दशन गरेका छन् ।अनेरास्ववियु केन्द्रिय कमिटीको निर्देशन अनुसार धनगढीमा अनेरास्ववियु र युवा संघले सरकारको विराेध प्रर्दशन गरेका हुन् ।

युवाहरूले आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारी सवारी साधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चाबी खोसिदिएका थिए ।

धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि लगाएत एक दर्जन गाडी र सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएका थिए ।

देशमा विभिन्न बस्तुको मंहगिसंगै पेट्रोल डिजेल,ग्यास र अन्य दैनिक उपभोग्य बस्तुको मूल्य आकासियर जनता मंहगिको मारमा परेको बेला सरकारले कुनै पनि वास्ता नगरेको भन्दै बढीरहेको मंहगि र ,आज अनेरास्ववियु ऐश्वर्य बहुमुखी क्याम्पसमा सरकारको सांकेतिक विरोध गरेको सुदुरपश्चिम बिश्वद्यालय रास्ट्रिय कमिटी उपाध्यक्ष महेन्द्र सिंहले बताए।उनले सरकारले मुल्यवृद्धि फिर्ता नलिए थप कडाइका साथ आन्दाेलन गर्ने समेत बताए ।