नेपाल वायु सेवा निगमका नवनियुक्त महाप्रबन्धक ज्वारचनले गरे पदभार ग्रहण

नेपाल वायु सेवा निगमका नवनियुक्त महाप्रबन्धक ज्वारचनले गरे पदभार ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल वायु सेवा निगमका नवनियुक्त महाप्रवन्धक दिपु ज्वारचनले पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषदको बिहीबारको निर्णयअनुसार रिक्त महाप्रबन्धक पदमा नियुक्त भएका नेपाल एयरलाइन्सका विमान चालक ३५ वर्षिय ज्वारचनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले सबैबाट पूण सहयोग पाउने अपेक्षा गरेको बताए । दर्घकालिन योजनाका साथ अगाडि बढ्ने ज्वारचनको भनाइ छ । २२ असोज २०७७ मा महाप्रवन्धकमा नियुक्त भएका डिमप्रसाद पौडेललाई २३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गरेपछि उक्त पद रिक्त थियो ।